समय : ०८:४१ am | शनिबार , मंसिर २० गते २०८२

वीपी राजमार्गको सिन्धुली सडक खण्ड बन्द

स्वर्गद्वारी अपडेट | वैशाख ४ गते २०७९
  स्वर्गद्धारी दर्पण ,प्यूठान । पौडी खेल्ने क्रममा डुबेर बालकको ज्यान गएपछि आफन्तले वीपी राजमार्गअन्तर्गत सिन्धुली खण्ड बन्द गरेका छन् । कमलामाई नगरपालिका–५ मिलनचोक बस्दै आएका फिक्कल गाउँपालिका–१ घर भएका १२ वर्षीय शृयास भुजेलको ग्वाङखोलामा पौडी खेल्ने क्रममा डुबेर ज्यान गएको थियो । मृतकका आफन्तले आज बिहानैदेखि राजमार्गको कमलामाई नगरपालिका–४ ढुङ्गेबासमा सडक बन्द गरेका हुन् । बन्द सडक खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक मनोजकुमार लामाले जानकारी दिनुभयो । कमलामाई नगरपालिका–४ र ६ जोड्ने ग्वाङखोलामा पक्की पुल निर्माणको लागि खनिएको खाल्डोमा जमेको पानीमा डुब्दा शृयासको ज्यान गएको र दोषीलाई कारबाही गर्नुपर्ने तथा मृतकका परिवारलाई क्षतिपूर्ति दिनुपर्ने उनीहरुको माग छ । पीडित पक्षले बालकको शव बुझेका छैनन् । शृयास जनता आवासीय माध्यमिक विद्यालयमा कक्षा ४ मा अध्ययनरत थिए।

यो पनि पढ्नुहोस्