समय : ०७:४९ am | शनिबार , मंसिर २० गते २०८२

आगलागीमा परेर एक बालककाे ज्यान गयाे

स्वर्गद्वारी अपडेट | वैशाख २ गते २०७९

   सप्तरीको बोदे बर्साइन नगरपालिकामा आज शुक्रवार भएको आगलागीमा एक बालकको जलेर ज्यान गएकाे छ ।
बोदे बर्साइन नगरपालिका १० अमरैया टोलमा आज दिउँसाे आगलागी हुँदा शत्रुघन यादवका पाँच वर्षीय छोरा शैलेशको जलेर ज्यान गएकाे सप्तरी प्रहरीले जनाएको छ । शत्रुघनकै गोठमा आगलागी हुँदा गोठमा सुतिरहेका बालकको ज्यान गएकाे हाे । आगलागीमा शत्रुघन, मिन्टु यादव र ओम यादवको सगोलको गोठ, रघुनन्दन यादवको घर, जागेश्वर यादवको पक्की घरको झ्याल जल्दा १६ लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएकाे छ । शत्रुघनको गोठबाट रघुनन्दन यादव र जागेश्वर यादवको घरमा आगो सल्किएको स्थानीयवासीले बताए । स्थानीयवासी, नेपाल तथा सशस्त्र प्रहरीकाे सहयाेगमा आगाे एक घण्टापछि निभेकाे थियाे ।

यो पनि पढ्नुहोस्