समय : ०७:४२ am | शनिबार , मंसिर २० गते २०८२

मोवाइल चोरेको निहुँमा १० जना मिलेर कैलालीमा एकको हत्या

स्वर्गद्वारी अपडेट | वैशाख २ गते २०७९
  कैलालीको जानकी गाउँपालिका–९ घर भएका २५ वर्षीय अर्जुन दासलाई मोवाइल चोरेको निहुँमा हत्या गरेको प्रहरीले जनाएको छ । हत्यामा संलग्न मध्येका ४ जनालाई महानगरीय अपराध महाशाखाले रुपन्देहीको बेलहियाबाट पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीले यसअघि जानकी गाउँपालिका घर भएका कमल साउदलाई पक्राउ गरेको थियो ।   कैलाली जिल्ला अदालतको आदेशले साउद पुर्पक्षका लागि थुनामा छन् । महाशाखाले जानकी गाउँपालिका– ९ घर भएका १९ वर्षका मनोज भण्डारी, १९ वर्षका सुमित साउद, बमबहादुर बोहोरा उर्फ बमे, र रोनी परियारउर्फ दिलिप दासलाई पक्रेर सार्वजनिक गरेको छ । अर्जुन दास गाउँमै मजदुरी गर्थे । २०७८ पुस ३ मा टाउको काटेर छुट्याएको अवस्थामा स्थानीय अमरावती सामुदायिक वनमा अर्जुनको शव भेटिएको थियो ।

यो पनि पढ्नुहोस्