समय : ०९:३५ am | बुधबार , कार्तिक १९ गते २०८३

माण्डवीमा चौथो अध्यक्षकप प्रतियोगिता सुरु

स्वर्गद्वारी अपडेट | कार्तिक १९ गते २०८३

प्यूठान। माण्डवी गाउँपालिकाको आयोजनामा मंगलबारदेखि चौथो अध्यक्षकप खेलकुद प्रतियोगिता सुरु भएको छ। प्रतियोगिताको उद्घाटन संविधानसभा सदस्य नारायणप्रसाद अधिकारीले गरेका हुन्।

उद्घाटन गर्दै अधिकारीले खेलकुदले राष्ट्रको प्रतिष्ठा बढाउनुका साथै व्यक्तित्व विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए।

गाउँपालिका अध्यक्ष नमराज अधिकारी ‘रोशन’को अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, जनप्रतिनिधि र सरोकारवालाले प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गरेका थिए।

प्रतियोगितामा पुरुष तथा महिला भलिबल र पुरुष क्रिकेट प्रतियोगिता सञ्चालन हुनेछ।

यो पनि पढ्नुहोस्