समय : ०४:५९ pm | आइतबार , भाद्र २१ गते २०८३

माण्डवीको सार्वजनिक सुनुवाई सम्पन्न

स्वर्गद्वारी अपडेट | भाद्र २१ गते २०८३

प्युठान।माण्डवी गाउँपालिकाले प्रवाह गरेका सार्वजनिक सेवाको प्रभावकारिता विषयक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ। माण्डवी गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ को तेस्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम  सम्पन्न गरेको हो।

गाउँपालिकाको आयोजना र स्काईल्याण्ड मल्टिमिडिया प्रा.लीको संयोजनमा माण्डवी गाउँपालिका वडा नम्बर -५ रम्दी स्थित वडा कार्यालयको परिषरमा  बिहिबार सम्पन्न  भएको छ। कार्यक्रममा गाउँपालिकाले भित्रका करिव १  सय जना सेवाग्राहि नागरिक, राजनीतिक दल,साझेदारी संस्था,पालिकाका कर्मचारीहरु लगाएत सरोकारवालाहरुको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको थियो।कार्यक्रममा आर्थिक वर्ष २०८२/०८३  को तेस्रो चौमासिकमा सम्पादन गरेका सार्वजनिक सेवाको प्रभावकारिताको सम्बन्धमा करिव एक दर्जन बढी  प्रश्नहरु नागरिकहरुले आफ्नो प्रश्न तथा गुनासोहरु राखेका थिए ।

नागरिकहरुबाट प्राप्त भएका गुनासाहरुको सम्बोधन विषयगत कार्यालयहरुको तर्फबाट जवाफदेहि बक्ताको रुपमा माण्डवी गाउँपालिकाको अध्यक्ष नमराज अधिकारी (रोशन) उपाध्यक्ष पूर्ण प्रसाद कालाथोकी, प्रमुख प्रशासकीय भुवन कुमार शाही र शाखागत प्रमुखहरु र वडा अध्यक्ष  सम्बोधन गरेका थिए।उक्त कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत शाहीले पालिकाको हाल सम्मको प्रगति प्रतिबेदन प्रस्तुत गरेका थिए।

यो पनि पढ्नुहोस्