समय : ०३:४४ am | बिहिबार , जेठ २० गते २०८३

प्यूठानमा थप तीन पक्की पुल निर्माणको प्रक्रिया अघि बढ्यो

स्वर्गद्वारी अपडेट | जेठ २० गते २०८३

प्युठान।प्यूठान जिल्लामा पूर्वाधार विकासलाई थप गति दिँदै तीन वटा नयाँ पक्की पुल निर्माणका लागि बहुवर्षीय ठेक्का प्रक्रिया अघि बढाइएको छ। हाल किटघाट (कुटिचौर), दोमै र मच्छी–पिडाल्ने क्षेत्रमा पुल निर्माण अन्तिम चरणमा पुगेका बेला लुम्बिनी प्रदेश सरकारले थप तीन स्थानमा नयाँ पुल निर्माण गर्ने तयारी गरेको हो।

लुम्बिनी प्रदेशका शहरी विकास तथा खानेपानी मन्त्री सरोज थापा (रोज राणा)को पहलमा पछिल्ला दुई आर्थिक वर्षभित्र जिल्लामा कुल ६ वटा पक्की पुल निर्माण हुने भएका छन्।

नयाँ पुलहरू स्वर्गद्वारी–माडी क्षेत्रको कोलम्पा–बाह्रबिसे, गौमुखी क्षेत्रको १५ मुरे–लिवाङ तथा प्यूठान नगरपालिकाको दम्ती–झिमरुक नदी क्षेत्रमा निर्माण गरिनेछ। यी योजनाका लागि ४८ करोड ६७ लाख रुपैयाँ बजेट सुनिश्चित गरिएको छ।

बजेटमध्ये स्वर्गद्वारी–माडी क्षेत्रका लागि १६ करोड ८२ लाख, गौमुखी क्षेत्रका लागि १७ करोड ११ लाख र दम्ती–झिमरुक क्षेत्रका लागि १४ करोड ७४ लाख रुपैयाँ विनियोजन गरिएको छ।

मन्त्री राणाले जिल्लाका रणनीतिक स्थानमा पूर्वाधार विस्तारका लागि आवश्यक बजेट सुनिश्चित गरिएको बताउँदै पुल निर्माण सम्पन्न भएपछि आवागमन सहज हुने, यातायात सञ्जाल बलियो बन्ने तथा स्थानीय आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरेका छन्।

यो पनि पढ्नुहोस्