दाङ।लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत दोस्रो बैठक भोलि बिहीबार बस्ने भएको छ ।
प्रदेश सभा सचिव दुर्लभ कुमार पुन मगर अनुसार सभामुखको निर्देशानुसार बैठक बिहीबार दिउँसो १ बजे राप्ती उपत्यका देउखुरीस्थित प्रदेश सभा भवनमा बस्ने तय गरिएको हो ।
लुम्बिनी प्रदेश सभा नियमावली, २०७९ को नियम १२ को उपनियम (३) बमोजिम माननीय सदस्यहरूको जानकारीका लागि सूचना प्रकाशित गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ ।








