प्यूठान।जिल्लाको मल्लरानी गाउँपालिका कार्यालयको प्रशासकीय भवनको निर्माण कार्य सुरु गरिएको छ।स्थानीय तहको संरचना बनेको ९ वर्ष पछी उक्त भवनको निर्माण कार्य सुरु गरिएको हो।
सोमबार गाउँपालिका अध्यक्ष कृष्ण बहादुर खड्का र उपाध्यक्ष रमेश कुमार श्रेष्ठले संयुक्त रूपमा भवनको शिलान्यास गरेका हुन्।६ करोड ७२ लाख ७५ हजार ८३८ रुपैयाँ २० पैसाको लागतमा शुभम निर्माण सेवा, सुनिल एण्ड बिजय कन्ष्ट्रक्सन प्रालि रोल्पाले भवन निर्माण गर्न लागेको गाउँपालिकाका इन्जिनियर हेमराज बस्नेतले जानकारी दिए।
शिलान्यास कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, स्थानीय बुद्धिजीवी तथा सर्वसाधारणको उपस्थिति रहेको थियो।नयाँ प्रशासकीय भवन निर्माणपछि गाउँपालिकाबाट प्रदान गरिने सेवा प्रवाह थप व्यवस्थित, प्रभावकारी र नागरिकमैत्री हुने अपेक्षा गरिएको छ।
अत्यन्तै साँघुरो र अव्यवस्थित तरिकाले सेवा दिईरहेको यस पालिकाले संघीय प्रणालीमा गएपनि निर्वाचित जनप्रतिनिधिले एक कार्यकाल सकेर अर्को कार्यकालको अन्तिम समयमा सो भवनको निर्माण कार्य सुरु गरेको हो।
प्युठानमा ९ स्थानीय तह छन्।जसमध्ये ८ वटा तहहरुको आफ्नो भवनबाट सेवा दिईरहेका छन्।








