समय : ११:०१ pm | मङ्गलबार , वैशाख १५ गते २०८३

प्यूठानमा दुर्घटना रोक्न ‘सुन्दर प्यूठान–सडक सुरक्षा अभियान’

यसै क्रममा ट्राफिक नियम उल्लंघन गर्ने ३९ वटा पिकअप तथा भ्यान सवारी साधनलाई कारबाही गरिएको छ।

स्वर्गद्वारी अपडेट | वैशाख १५ गते २०८३

प्यूठान।प्युठानमा दुर्घटना न्यूनिकरण गर्न “सुन्दर प्यूठान–सडक सुरक्षा अभियान” संचालन गरिएको छ।सवारी साधन दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले उक्त अभियान संचालन गरिएको हो।   

‘सुन्दर प्यूठान–सडक सुरक्षा अभियान’ जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक कार्यालयको संयुक्त आयोजनामा सञ्चालन गरिएको छ।मंगलबार अभियान अन्तर्गत प्यूठान नगरपालिका–८ दम्तीस्थित बाग्दुला–बाहाने सडक खण्डमा ट्राफिक चेकजाँच तथा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको जिल्ला ट्राफिक कार्यालय प्युठानका प्रमुख एवं प्रहरी नायव निरीक्षक बिष्णुप्रसाद न्यौपानेले बताए।‘चेकजाँचको क्रममा निजी (डबल क्याप) पिकअपहरुमा जडान गरिएको १७ वटा छत हटाइएको छ।’ उनले भने,‘सवारीसाधन नियम विपरित जडान गरिएका फग लाइट, झल्लर ,स्टीकर ,मापदण्ड विपरीत फ्रन्ट गार्ड र ब्याक गार्ड समेत निकालिएको प्रमुख न्यौपानेले जानकारी दिए।

यसै क्रममा ट्राफिक नियम उल्लंघन गर्ने ३९ वटा पिकअप तथा भ्यान सवारी साधनलाई कारबाही गरिएको छ।सवारी साधनका चालकहरूले छतमा यात्रु राखी यात्रा गराउनेले दुर्घटनाको उच्च जोखिम बढाउने हुँदा नियन्त्रण गर्न कडाइ गरिएको ट्राफिक प्रहरीले जनाएको छ।

यो पनि पढ्नुहोस्