समय : ०४:५६ pm | शुक्रबार , चैत्र १३ गते २०८२

दाङमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

स्वर्गद्वारी अपडेट | चैत्र १३ गते २०८२

दाङ।घोराही उपमहानगरपालिका-१० सौडिकुलामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । 

जिल्ला प्रहरी कार्यालयका अनुसार गए राति भएको दुर्घटनामा मोटरसाइकलमा सवार सोही उपमहानगरपालिका-१२ का ३० वर्षीय बेलबहादुर पुनको मृत्यु भएको हो ।

गम्भीर घाइते भएका मोटरसाइकल चालक घोराही-१० का धनबहादुर घर्तीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । 

यो पनि पढ्नुहोस्