प्युठान।लुम्बिनी प्रदेशले भोलि आफ्नो स्थापना दिवस मनाउँदैछ।माघ २१ गते बुधबार प्रदेश सरकारले नवौं स्थापना दिवस मनाउन थालेको हो।
लुम्बिनीमा २१ माघमा प्रदेशसभा स्थापना भएकाले सोही दिन नै प्रदेश स्थापना दिवसका रुपमा मनाउने गरिन्छ।स्थापना दिवसको अवसरमा भोलि प्रदेशमा सार्वजनिक विदासमेत दिइएको छ।









