समय : ११:०१ pm | शनिबार , मंसिर २० गते २०८२

लमहीको सुनचाँदी पसलमा गोली चलाउने व्यक्ति पक्राउ

गोली लागेर सुनचाँदी पसलमा कार्यरत १८ वर्षीय दिपक सुनार घाइते भएका थिए।

स्वर्गद्वारी अपडेट | मंसिर २० गते २०८२

दाङ – लमहीको जुनतारा सुनचाँदी पसलमा गोली चलाएको घटनामा संलग्न एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय दाङको टोलीले घटनामा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको प्रहरी स्रोतले जनाएको छ।

ती व्यक्ति लमहीमा गोली चलाएर घोराही पुगेका थिए।

‘घटनामा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिइएको छ। अहिले अनुसन्धान चलिरहेको छ,’ प्रहरी स्रोतले भन्यो,‘ती व्यक्तिले सुनचाँदी पसललाई फोन गर्दै आफूलाई धेरै सून चाहिएको भनेको खुलेको छ।’

प्रहरी नियन्त्रणमा रहेका व्यक्तिको नाम ठेगाना भने गोप्य राखेको छ। गोली लागेर सुनचाँदी पसलमा कार्यरत १८ वर्षीय दिपक सुनार घाइते भएका थिए। उनको लमही अस्पतालमा उपचार गरिएको छ। घाइतेको अवस्था सामान्य छ।

देश संचारबाट

यो पनि पढ्नुहोस्