समय : ०३:४९ am | शुक्रबार , असाेज ३० गते २०८२

यातायात व्यवस्था कार्यालय नेपालगन्जको सेवा सुचारु

स्वर्गद्वारी अपडेट | असाेज २६ गते २०८२

दाङ-भदौ २४ गतेको जेन-जी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडका कारण रोकिएको यातायात व्यवस्था कार्यालय बाँके, नेपालगञ्जले सेवा सुचारु गरेको छ। आगजनीका कारण झण्डै एक महिना कार्यालयको काम प्रभावित भएको थियो।

नेपालगञ्जमा रहेको सामाजिक विकास डिभिजन कार्यालयमा यातायात व्यवस्था कार्यालय स्थानान्तरण गरी सेवा सुरु गरिएको हो । आइतबार मुख्यमन्त्री चेतनारायण आचार्यको नेतृत्वमा लुम्बिनी प्रदेश सरकारको एक प्रतिनिधिमण्डलले सेवा सञ्चालनको अवस्थाबारे जानकारी लिएको हो । प्रदेश सरकारले आन्दोलनका कारण प्रभावित भएका सबै सेवाहरुलाई पुरानै लयमा फर्काउने गरी तयारी थालेको थियो ।

सोही अनुसार अत्यावश्यक सेवामध्ये रहेको यातायात व्यवस्था कार्यालयको सेवा पुनः सुरु गरिएको हो । यातायात व्यवस्था कार्यालयबाट सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरणदेखि सवारीसाधन दर्ता, कर असुली र प्राविधिक परीक्षणसम्मका कार्यहरु हुने गरेकाे छ ।

यो पनि पढ्नुहोस्