प्युठान।प्युठानको स्वर्गद्वारी नगरपालिकाले खरिद गरेको Interactive स्मार्ट बोर्ड ४ वर्ष बितिसक्दा पनि संचालनमा आउन सकेको छैन।स्वर्गद्वारी नगरपालिका-७ बेल्वास माध्यामिक बिद्यालय तापमा उत्त बोर्ड प्रयोग बिहिन भएको हो।
माण्डवी इन्टरनेशनल प्रा.लि काठमाण्डौबाट आर्थिक वर्ष २०७८/०७९ मा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत नगरपालिकाले उक्त सामाग्री बिद्यालयलाई खरिद गरिदिएको थियो।उक्त सप्लायर्सबाट कम्प्युटर २० सेट ४६ हजार ९ सय २ रुपैयाको दरले,स्मार्ट टिचिङ बोर्ड ८८ हजार ४ सय ९५ रुपैंया, फोटोकपि मेशिन १ वटा २३ हजार ८ सय ९३ का दरले ,टेवल २० वटा ३ हजार ९ सय ८२ का दरले,काठको र्याक २० वटा ३ हजार ५ सय ८४ का दरले जम्मा ११ लाख १३ हजार २६० रुपैंयामा खरिद गरिएको बेल्वास माध्यामिक बिद्यालयका प्रधानाध्यापक दिन प्रसाद अधिकारीले बताए।
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत स्मार्ट बोर्ड खरिद गरिएको हो।उनले भने, ‘यी सामाग्रीहरु बिद्यालयलाई हस्तान्तरण गर्ने क्रममा सप्लायर्सले बिद्यालयलाई बिल र भरपाई दिएन।’ खरिद गरीएको धेरै जसो सामाग्री संचालनमै रहेका छन् तर स्मार्ट बोर्ड भने ४ वर्ष बितिसक्दा पनि संचालन हुन् नसकेको अधिकारीको भनाई छ। तर पालिकामा मौखिक लिखित रुपमा समेत जानकारी गराउदा कुनै सुनुवाई नभएको र स्मार्ट बोर्ड माथि प्लाई बोर्ड राखेर बिद्यार्थीलाई पढाउँन समेत बाध्य भएको प्रधानाध्यापक अधिकारीले बताए।
त्यस्तै स्वर्गद्वारी नगरपालिका -९ जुडापाटा स्थित बिद्यानन्द माध्यमिक बिद्यालयमा ०७९/८० मा नगरपालिकाले खरिद गरेको सेनेटरी प्याड जलाउने मेशिन हालसम्म पनि पालिकाले जडान नगरेको एक शिक्षकले बताए।

जनताबाट उठेको करले यसरि खरिद गरिएको सामाग्रीहरु प्रयोगमा नहुँदा नगरपालिकामा करको दुरुपयोग देखिएको छ।
यतिबेला स्वर्गद्वारी नगरपालिकामा जनप्रतिनिधिहरुको सेवा सुविधाको बिषयमा लिएको रमकबारे प्रकाशित समाचारले नगरपालिका तातिएको छ, भने नगरप्रमुख टेक प्रसाद भण्डारीले आफ्नो फेसबुकबाट पत्रकारलाई गरेको तुच्छ टिप्पणीको आलोचना भईरहेको छ।