समय : ०७:२४ am | आइतबार , असार २९ गते २०८२

बलात्कार आरोपमा  एक युवक पक्राउ

पक्राउ परका वलीलाई इप्रका तुलसीपुरको हिरासतमा राखिएको छ।

स्वर्गद्वारी अपडेट | असार २८ गते २०८२

दाङ। बलात्कार आरोपमा तुलसीपुरमा एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा रुकुम पश्चिमको चौरजहारी नगरपालिका –११ घर भइ हाल तुलसीपुरमा बस्दै आएका ३५ वर्षका बीर बहादुर वली रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।

आरोपीलाई प्रहरीले शनिबार बिहान पक्राउ गरेको हो । २०८१ वैशाख १४ गते  राति ११ बजे बलात्कार गरेको भन्दै  २८ वर्षकी महिलाले प्रहरीमा जाहेरी दिएपछि प्रहरीले वलीलाई पक्राउ गरेको डीएसपी अनिल ठकुरीले बताए।

गत कार्तिक २५ गते केही युवाहरूले तुलसीपुरको सल्यान रोड स्थित सल्यानी होटलमा आरोपीलाई खुकुरी प्रहार गरेका थिए।पक्राउ परका वलीलाई इप्रका तुलसीपुरको हिरासतमा राखिएको छ ।

यो पनि पढ्नुहोस्