समय : ०५:०७ am | सोमबार , असार २९ गते २०८२

लुम्बिनी प्रदेशसभा बैठक आज बस्दै

सांसदहरूले आर्थिक पारदर्शिता, बजेट कार्यान्वयनको अवस्था र स्थानीय तहसँगको समन्वयको आवश्यकता ...

स्वर्गद्वारी अपडेट | असार १८ गते २०८२

दाङ।लुम्बिनी प्रदेशसभा बैठक आज बस्दै छ । बैठक बुधबार अपराह्न १२ बजे बस्ने भएको हो ।

बैठकमा 'आर्थिक वर्ष २०८२ / ०८३ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा' प्रस्ताव पेस गरिने सम्भावित कार्यसूचीमा उल्लेख रहेको प्रदेश सभाका सचिव दुर्लभ पुन मगरले जानकारी दिए।

उहाँको अनुसार प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयद्वारा तयारी गरिएको यो प्रस्तावले आगामी आर्थिक वर्षमा प्रदेशस्तरीय सेवाहरू, पूर्वाधार निर्माण, स्वास्थ्य, शिक्षा र रोजगारी सिर्जनाका कार्यक्रमहरू सञ्चालनका लागि आवश्यक बजेट विनियोजनको खाका प्रस्तुत गर्ने बताइएको छ ।

यसअघि पनि विभिन्न बैठकहरूमा सांसदहरूले आर्थिक पारदर्शिता, बजेट कार्यान्वयनको अवस्था र स्थानीय तहसँगको समन्वयको आवश्यकता औंल्याउँदै आएको थियो । 

यो पनि पढ्नुहोस्