हिड्दा बेग ढिलो भएपनि त्यो लक्ष्यमा पुग्दछ
फेदैमा डरले बस्यो भने त्यो उदेश्यमा चुक्दछ ।
रविको तेजकै क्षण बादल लागेर
सक्दैन टिक्न ध्रुव छ सत्य त्यो जान्छ भागेर ।
स्वीकार्यले बाच्छ अजम्बरी बनि कुकार्यले मर्छ सधै जिएपनि
जाँदा मरेर संगै जान्न कोहि पनि हुँदैन कलंक जसो गरेपनि ।
धनै भए पनि कत्ति रहन्न होसमा घमण्डले क्यै क्षण बित्छ भोजमा
के न्याप्यौ खै सबहरु मानिने ऐनको कागजमा ।
नारामा मात्र देखि हाल्यौ प्रतिफल जनमा के छ
जन्मेमात्र शिरतिर पुग्ने यै चलेको छ आज ।
त्यसको यस्तै प्रतिफल मिल्दा मासियो यो समाज
अन्यायकै जड खत्तम गरि न्याय गर्न बसेका ।
छक्का पन्जा सबतिर हुन गई समाजलाई डसेका
खाए बाबा घिउ उनले पुत्र सुग्छन हात ।
जन्मे र मात्र हुँदैन घरतिमा मर्नु अवस्य छ यो
गरेर खान छ जीवनमा हाम्रो बाचुन्जेल मात्र हो ।
-जगत प्रसाद पोख्रेल