समय : ०७:११ pm | शनिबार , असार २८ गते २०८२

प्युठानमा नवजात शिशु मृत फेला

स्वर्गद्वारी अपडेट | माघ ३ गते २०८१

प्युठान।प्युठानमा सालनालसमेत नकाटिएको अवस्थामा शिशु फेला परेको छ । सरुमारानी गाउँपालिका वडा २ दर्भानमा आज बिहान नवजात शिशु मृत अवस्थामा भेटिएको हो।

बिहिबार स्थानीय बासिन्दाले फोहोर सङ्कलन गर्न राखिएको डस्टबिनमा घोप्टो पारेर फालेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालय प्युठानका प्रवक्ता प्रहरी निरीक्षक केशव केसीले शिशु बेवारिसे अवस्थामा भेटिएको बताए। शिशु कसले छाडेको भन्ने विषयमा अनुसन्धान र खोजी भइरहेको प्रहरीले जनाएको छ । 

यो पनि पढ्नुहोस्