प्युठान।शहरी बिकास तथा खानेपानी मन्त्री सरोज थापा (रोज राणा)ले आफ्नै कार्यकालमा बाग्दुला-मच्छी-ठुलाबेसी सडक स्तरोन्नती गर्ने बताएका छन्।शनिबार जुम्री स्थित आयुष्मा होटलमा नेपाली काँग्रेस प्युठान नगरपालिकाको दाश्रो नगर सम्मेलन तथा नेपाली काँग्रेसको एक सय दिने अभियान कार्यक्रममा लाई सम्बोधन गर्दै यसो भनेका हुन।
बाग्दुला/मच्छी जाने सडक आफु सानो छदाँ त्यस्तै थियो र हाल सम्म पनि उस्तै रहेको उनले बताए।‘हाल ७५ लाख बजेट बिनियोजन गरेर सडक स्तरोन्नतीको काम भईरहेको छ।’ उनले भने- ‘बाँकि कामका लागि थप बजेट व्यवस्था गराउदै ५ करोड रुपैंयाको बहुबर्षिय योजना अन्तर्गत सडकको काम अघि बढाउने छु।’ यस आर्थिक वर्ष पुरा नभएका योजनाहरु आगामी वर्षमा पहिलो प्राथमिकतामा राखिने प्रतिबद्धता समेत ब्यक्त गरेका थिए।
सोही कार्यक्रम मार्फत मन्त्री थापाले आइतबार बिहान ९ बजे बाग्दुला देखी मच्छी सम्मको सडक प्राविधिक टिम सहित पैदल यात्रामा अनुगमन गर्ने कार्यक्रम रहेको समेत जानकारी दिए।
साथै मन्त्री थापाले नेपाल प्रेस युनियन निकटका पत्रकारहरु सँग भेटघाट समेत गरेका छन्। सो कार्यक्रममा प्रेस जगतले लोकतन्त्र , बिधिको शासन र सामाजिक न्यायका पक्षमा कलम चलाउनु पर्ने बताए।
नेपाल तरुण दल प्युठानले सङ्गठन र नेपाल प्रेस युनियनबाट पत्रकार महासंघमा प्रतिनिधित्व गर्नेहरुको सम्मानका लागि पार्टीले लोकतन्त्र र प्रेस स्वतन्त्रताका पक्षमा काम गरेको बताउदै सामाजिक सन्जालमा आउने मिथ्या समाचारले नागरिकमा भ्रम सृजना गरेको बताएका छन।सत्य तथ्य सुचनामा आधारित रहि पत्रकारिता मार्फत नागरिकका आवाजहरुलाई उठाउन आग्रह समेत गरेका छन्।