समय : ०५:१८ am | सोमबार , कार्तिक ११ गते २०८१

वर्षौ देखी अलपत्र रहेको जलुकेको पुल निर्माण हुदै

सन्तोष सुनार | असार ११ गते २०८१

प्यूठान । वर्षौ देखी अलपत्र रहेको स्वर्गद्वारी नगरपालिका ३ जलुकेको पुल निर्माण हुदै छ ।

वि.स. २०७३ साल देखी पुल निर्माणको कार्य विविध काराणले रोकिन पुगेको थियो । उक्त पुल निर्माण कार्यको लागी सञ्जिबैनी लोहनी एण्ड ब्रदर्स कम्पनी चितवनले लिएको स्वर्गद्वारी नगरपालिका वडा ३ वडा अध्यक्ष कृष्ण बहादुर रोकायले स्वर्गद्वारी अपडेटलाई जानकारी दिए ।

समयमै पुल निर्माण हुन नसक्नु ठेक्का लिएको कम्पनीको लापरवाहीले गर्दा ढिलाई हुन पुगेको अध्यक्ष रोकायले बताए । पुल निर्माण कार्य सम्पन्न गर्नका लागी स्वर्गद्वारी नगरपालिका तथा जनप्रतिनिधी, राजनितिक दलका प्रमुख तथा प्रतिनिधि, समाजसेवी र स्थानीहरुको दबाबले गर्दा पुन निर्माण कार्य गत जेठ महिनाबाट सुरु गरेको वडा अध्यक्ष रोकाएको भनाई छ । पुल निर्माणको कार्यमा दुई स्पाइनल ढलानमा एक स्पाइनल सकिएको र अर्काको पनि फर्मा बान्ने तयारी रहेको अर्थात पुलको ७५ प्रतिशत कार्य सकिएको मृत सञ्जिबैनी लोहनी एण्ड ब्रदर्स कम्पनी चितवनका सञ्चालकले जानकारी दिए ।

यतिका वर्ष सम्म विविध कारणले पुल निर्माण हुन नसके पनि यस असार मसान्त सम्म ढलान गरिने कम्पनीले जनाएको छ । पुल पुर्ण रुपमा सम्पन्न मंसिर सम्म हुने उक्त कम्पनीको भनाई छ।अहिले पुल निर्माण सम्पन्न गर्नको लागी २४ घण्टा कामदार खटिएको एक स्थानीले बताए । तर वर्षातको समय सुरु भएको कारण माघ –फागुनबाट सुरु गरेको भए अझ राम्रो हुन्थियो भन्ने स्थानीले गुनासो व्यक्त गरेका छन ।

यो पुल निर्माण सम्पन्न भए पछि स्वर्गद्वारी नगरपालिकाको वडा ६ र ७ स्थानिय, रोल्पाको सुनिल स्मृति गाउँपालिकाको अरेश ,जलुके र भिङ्ग्री,लगायतका स्थानियलाई यातायातको आवतजावत गर्नका लागी सहज हुनेछ । यस पुल निर्माणको लागी नेपाल सरकारबाट आठ करोड बजेट परेको हो ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्