समय : १०:१२ am | शुक्रबार , कार्तिक २ गते २०८१

दक्षिण अफ्रिकासँग नेपाल एक रनले पराजित

स्वर्गद्वारी अपडेट | असार १ गते २०८१

स्वर्गद्वारी अपडेट समाचार डेक्स ।आईसीसी विश्वकप टी २० मा नेपाल दक्षिण अफ्रिकासँग एक रनले पराजित भएको छ । सेन्ट भिन्सेन्ट एण्ड द ग्रानिडेन्समा भएको खेलमा पराजित भएसँगै नेपाल विश्वकपबाट बाहिरिएको छ ।

दक्षिण अफ्रिकाले दिएको ११६ रनको लक्ष्य पछ्याएको नेपाल ११४ रनमा समेटियो । त्यसअघि टस जितेर नेपालले पहिले फिल्डिङ रोजेपछि ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय १५ रन बनायो ।

नेपालका आशिफ शेखले ४९ बलमा ४२ रन बनाए । उनले ४ चौका र एक छक्का प्रहार गरे । अनिल साहले २४ बलमा २७ रन जोडे । उनले ३ चौका र १ छक्का प्रहार गरे ।

दक्षिण अफ्रिकाका ताब्रिज शम्शीले ४ विकेट लिए । त्यसअघि रिजा हेण्ड्रिक्सले ४९ बलमा ४३ रन बनाएपछि दक्षिण अफ्रिकाले १ सय १५ रन बनाएको थियो । बलिङतर्फ नेपालका कुशल भुर्तेलले ४ र दीपेन्द्रसिंह ऐरीले ३ विकेट लिए ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्