समय : ०७:१५ am | आइतबार , भाद्र २३ गते २०८१

कोचिवाङ्गमा साल्ट ट्रेडिङ्गद्धारा आयोडिन नुन तथा स्कुल व्याग वितरण

स्वर्गद्वारी अपडेट | फागुन १५ गते २०८०

बबिता रिजाल।प्युठानको स्वर्गद्वारी नगरपालिका–१ कोचिवाङ्गमा आयोडिनको कमीबाट हुनसक्ने विकृतिहरुको निवारण विषयक एक दिने जनचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ।

साल्ट ट्रेडिङ्ग कर्पोरेसन् लिमिटेडको आयोजनामा आयोडिन महिना(फेब्रुवरी) २०२४ को महिनाव्यापी जनचेतना कार्यक्रम अन्तर्गत कोचिवाङ्गमा रहेको नेपाल राष्ट्रिय माध्यामिक विद्यालयमा अध्यनत विद्यार्थिहरुलाई स्कुल व्याग , आयोडिन नुन , टिसर्ट, जुस , विस्कुट लगाएतका सामग्री वितरण गरिएको हो ।

“थोरै खाऔँ , सहि मात्रामा खाऔँ” , “दुई बालबालिकाको चिन्ह अंकित आयोडिन युक्त नुन नै खाऔँ” भन्ने नाराका साथ साल्ट ट्रेडिङ्ग कर्पोरेसन् लिमिटेडले फेब्रुवरी महिनाव्यापी जनचेतना कार्यक्रम बिभिन्न ठाउँहरुमा  सञ्चालन गर्दै आइरहेको छ।

सोमबारको कार्यक्रममा ने.रा.मा.वि. कोचिवाङ्गका २ सय विद्यार्थिलाई झोला सहित र बाँकि सम्पुर्ण विद्यार्थिलाई आयोडिन युक्त नुन , विस्कुट , जुस  लगाएतका सामग्री वितरण गरिएको हो । कार्यक्रममा आफ्नो भनाई राख्दै साल्ट ट्रेडिङ्ग कर्पोरेसन् लिमिटेडको केन्द्रिय कार्यालयका प्रबन्धक कृष्ण कुमार शाक्यले आयोडिन युक्त नुन खाँदा बालबालिकाको शारिरिक तथा मानसिक विकास राम्रो हुने बताए ।

साथै उनले आयोडिनको कमिबाट मानिसको स्वास्थ्यमा देखा पर्न सक्ने लाटो/लठ्यौरोपन् , गलगाँड , सुस्त मनस्थिती लगायतका समस्याको व्याख्या गर्दै दुई बालबालिकाको चिन्ह भएको आयोडिन युक्त नुन नै प्रयोग गर्नुपर्ने जनचेतना फैलाउन विद्यार्थिलाई आयो नुन र आयाडिन नुनको प्याकेटको चित्र सहितको झोला वितरण गरेका थिए।

सोहि कार्यक्रममा बोल्दै स्वर्गद्वारी नगरपालिकाका नगर प्रमुख टेकप्रसाद भण्डारीले आयेडिन युक्त नुनको प्रयोग बढाउनका लागि साल्ट ट्रेडिङ्ग कर्पोरेसन् लिमिटेडले गरेको सोमबारको उदाहरणीय कार्यक्रम प्रति धन्यावाद व्यक्त गरेका थिए।

यस्तै स्वर्गद्वारी नगरपालिकाका नगर उपप्रमुख मिनराज राना मगरले पनि मानिसको शरिरमा आयोडिनको कमिले सामान्य देखि जटिल सम्मका विभिन्न समस्याहरु देखापर्ने भएकाले आफु र आफ्नो भावि पुस्ताको स्वस्थ्य  जिवनको लागि आयोडिन युक्त नुन नै खानुपर्ने बताए।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्