समय : ०८:०४ am | आइतबार , भाद्र २३ गते २०८१

फोप्ली स्वास्थ्य चौकीद्वारा निशुल्क स्वास्थ्य शिविर संचालन

स्वर्गद्वारी अपडेट | पौष २६ गते २०८०

प्युठान।नौबहिनी गाउँपालिका वडा न. - ८ फोप्लीमा रहेको रोज डाईनामिक बोर्डिंग स्कुलमा आज एक सय ७ जना बालबालिकाहरुको नि:शुल्क रुपमा स्कृनिँङ स्वास्थ्य परिक्षण सम्पन्न गरेको छ।

ग्रामीण भेगमा स्वास्थ्य सेवाको पहुँच अझै विस्तार हुन नसक्दा विभिन्न रोगको समस्या जटिल रहेकाले शिविर सञ्चालन गरेको फोप्ली स्वास्थ्य चौकी प्रमुख प्रकाश घिमिरेले बताए।

बिहिबार शिविरमा एक सय ७ जनाको चेकजाँच गर्दा ३५ जनालाई टन्सिलाईटिस, तिन जनालाई दम र दुई जनामा कडा निमोनिया देखिएको फोप्ली स्वास्थ्य चौकी प्रमुख घिमिरेले बताए।उनले भने –" नसर्ने रोगमा बजारमा पाईने खानेकुरा (जँकफुड)को प्रभाव र त्यसमा पनि acute tonsillitis को राम्रो सँग समयमै उपचार नगर्दा भोलि त्यसले बिकराल रुप लिई Rheumatic fever अनि Rheumatic heart disease अर्थात मुटुको भल्बले काम नगरि मुटु सुन्निएर ज्यानै जान सक्ने अथवा उपचारमा ठुलो रकम खर्च हुन सक्नेछ।"  

यस शिविरमा कसैको पनि आर्थिक सहयोग नरहेको बताउदै रोज डाईनामिक बोर्डिंग स्कुलबाट शिविर सुरु गरेको घिमिरेले बताए।यसै गरि नौबहिनी गाउँपालिका -८ का सम्पुर्ण बिद्यालयहरुमा नि:शुल्क रुपमा शिविर संचालन गर्ने गर्ने योजनामा रहेको प्रमुख घिमिरेले स्वर्गद्वारी अपडेटलाई बताए।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्