समय : ०७:०९ am | आइतबार , भाद्र २३ गते २०८१

जस्पुरमा बौलाहा कुकुरको आतंक, एकै दिन तिन जनालाई टोक्यो

स्वर्गद्वारी अपडेट | असाेज १९ गते २०८०

प्युठान।जस्पुरमा बौलाहा कुकुरको आतंक बढ्दै गएको छ।माण्डवी गाउँपालिका -३ जस्पुर बजारमा बौलाहा कुकुरको टोकाईबाट स्थानीय घाईते भएका छन्।सडकमा जथाभाबी हिँडडुल गर्ने कुकुरले आज फरक फरक समयमा  तिन जना स्थानीयलाई टोकेको पाइएको छ।

बौलाहा कुकुरको टोकाइबाट घाइते भएकाहरूको जस्पुर बजारमा रहेको रिलेसन पोलिक्लिनिक प्रा.लि मा सामान्य उपचारपछि दुई जना बिरामीलाई लुम्बिनी प्रादेशिक हस्पिटल बुटवलमा रिफर गरेको पोलिक्लिनिक संचालक गिर बहादुर नेपालीले स्वर्गद्वारी अपडेट लाई बताए। एक जना बिरामीलाई भने सामान्य रहेको बताएका छन् ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्