समय : ०५:११ am | सोमबार , कार्तिक ११ गते २०८१

देउखुरीमा सवारी ठाेक्किदा एककाे मृत्यु्, दर्जन बढी घाइते

सन्तोष सुनार | जेठ ५ गते २०८०

दाङको देउखुरीमा भएको सवारी दुर्घटनामा परी एक जनाको ज्यान गएको छ । शुक्रवार देउखुरीमा दुई बस एक आपसमा ठोक्किँदा एक जनाको ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक राजनकुमार गौतमका अनुसार रोल्पा रुन्टीगढी– ७ निवासी ४३ बर्षीया  सोभा परियारको घटनास्थलमा नै मृत्यु भएको हो । उक्त दुर्घटनामा परी दर्जन भन्दा बढी घाइते हुन पुगेका छन् ।लमहीबाट भालुवाङतर्फ जाँदै गरेको लु २ ख ७८५ नम्बरको बस र वीरगन्जबाट दाङको तुलसीपुर आउँदै गरेको ना ५ ख ४८९८ नम्बरको बस लमही नगरपालिका–३ फल्कापुरमा बिहान एक आपसमा ठोक्किएर सो दुर्घटना भएको हो ।भालुवाङतर्फ जाँदै गरेका बसका चालक तुल्सीराम रामिजाल गम्भीर घाइते हुनुभएकाे छ । दुई दर्जन बढी घाइते भएको उल्लेख गर्दै प्रहरीले ११ जनाको भने अवस्था गम्भीर रहे पछि नेपालगञ्जलगायतका स्थानमा थप उपचारका लागि पठाईएको जनाएकाे छ । 

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्