स्वर्गद्वारी अपठडेट प्यूठान ।लोक सेवा आयोगले यही माघ २८ गतेदेखि सञ्चालन गर्ने तयारी गरेको राजपत्राङ्कति तृतीय श्रेणी, शाखा अधिकृत वा सो सरह (अप्राविधिक) पदको परीक्षा अनिश्चितकालसम्मका लागि स्थगित गरेको छ ।
आयोगले राजपत्राङ्कति तृतीय श्रेणी, शाखा अधिकृत वा सो सरह (अप्राविधिक) पदको पहिलो चरणको परीक्षाको मिति यही माघ २८ र द्वितीय चरणका परीक्षा आगामी चैत २१ गतेदेखि सञ्चालन हुने गरी तालिका सार्वजनिक गरेको थियो ।
सर्वोच्चले यही माघ २० गते एकपटक लोक सेवा आयोग पास गरी संघ, प्रदेश र स्थानीय तहमा कार्यरत बहालवाला कर्मचारीलाई आयोगको विज्ञापनमा उमेर हद लगाएर नरोक्न अन्तरिम आदेश दिएको थियो ।
लोक सेवाले स्थगित गर्यो अधिकृतको परीक्षा, प्रदेश र स्थानीय तहका कर्मचारीलाई २१ दिने सूचना जारी








