असाेज ९ गते २०८०
08:13: AM
असाेज ९ गते २०८०
08:13: AM

प्यूठानमा भाइरल ज्वरोको बिरामी बढे

श्रावण २६ गते २०७९
7:24 PM
Author Avatar
स्वर्गद्वारी अपडेट
अनुज पछाई ,प्यूठान । जिल्ला अस्पताल प्यूठानमा अहिले भाइरल ज्वरोका बिरामीको सङ्ख्या ह्वात्तै बढेको छ । अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट एवं कार्यालय प्रमुख खिम प्रसाद पार्धेका अनुसार विगत पाँच–सात दिनदेखि जिल्ला अस्पतालमा भाइरल ज्वरोका बिरामीको सङ्ख्या बढेको हो ।जिल्ला अस्पतालमा उपचार गराउन आएका बिरामीमध्ये ९० प्रतिशत बिरामी भाइरल ज्वरोका नै हुने गरेको उनले बताए । उनले भने, ‘जिल्ला अस्पतालमा दैनिक औसतमा कम्तीमा पनि ८० देखि ९० जनासम्म भाइरल ज्वरोका बिरामी उपचारका लागि आउने गरेका छन्, अहिले भाइरल ज्वरोका बिरामी ह्वात्तै बढेका छन् ।’केही दिनदेखि जिल्लामा वर्षासँगै अत्यधिक गर्मी बढेको र वातावरणमा आएको परिवर्तनले मानिसमा भाइरल ज्वरोको प्रकोप देखिएको अस्पतालले जनाएको छ । मौसम परिवर्तनका कारण मानिसको शरीरमा अत्यधिक गर्मी भएको र शरीर तातो नै रहेको बेला अचानक पानीमा भिज्नु वा चिसो पदार्थ पिउनाले शरीरले तापक्रम अनुकूल रूपमा मिलाउन नसक्दा ‘इन्फेक्सन’ भएर भाइरल ज्वरो हुने गरेको जिल्ला स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख मधुसुदन खडकाले बताएका छन । जिल्लाका निजी पोलिक्लिनिक तथा मेडिकलहरुमा समेत पनि दैनिक ५० देखि ६० जनासम्म भाइरल ज्वरोका बिरामी आउने गरेको उक्त रोगका बिरामीको सङ्ख्या बढेको स्वास्थ्यकर्मीहरु बताउँछन् ।भाइरल ज्वरो आएका बिरामीले नआत्तिन, झोल पदार्थ बढी खान, सफा पानी बढी पिउन, खानपिन र सरसफाइलगायतका जनस्वास्थ्यको मापदण्डमा ध्यान दिन स्वास्थ्यकर्मीले सबैमा आग्रह गरेका छन् ।

रिप्लाई गर्नुहोस