फागुन १० गते २०८०
06:52: AM
फागुन १० गते २०८०
06:52: AM

प्यूठानको छिमेकमा भेटिए ‘नाइरोबी फ्लाइ’का बिरामी

असार २६ गते २०७९
8:26 PM
Author Avatar
स्वर्गद्वारी अपडेट
स्वर्गद्धारी अपडेट,प्यूठान । पछिल्लो समय नेपालको पुर्वि र पश्चिमी क्षेत्रमा देखिएको नाइरोबी फ्लाइ जातको किरा प्यूठान जिल्लाको छिमेकी जिल्ला बाग्लुङको बडिगाड गाउँपालिकामा पनि देखिएको छ । पालिकाका केहि वडामा किराका कारण सङ्क्रमित केहि व्यक्ति भेटिएपछि बडिगामा पनि उक्त जातको किरा रहेको पुष्टी पालिकाको स्वास्थ्य शाखाले गरेको हो ।बडिगाड गाउँपालिकाका स्वास्थ्य शाखा साहायक हेम पुनका अनुशार उक्त किरा गर्मि हुने स्थानमा भेटिने हुदाँ बडिगाडका तल्लो वडामा मात्र केहि दिनदेखि नाइरोबी फ्लाइका विरामि भेटिएका हुन । तर पालिकामा जटिल बिरामि भने अहिले सम्म नभेटिएको उनले बताए । उक्त किराको संक्रमण भए नजिकैको स्वास्थय संस्थामा सम्पर्क गर्न पनि उनले शुझाव दिए ।किरा मानिसको शरीरमा आएर बस्ने र मानिसले किरालाई हातले फाल्दा किरा थिचिदा रस निस्कने र उक्त रसमा भएको पेडेरिन तत्वले छालामा सङ्क्रमण गराउने उनले बताए । तर किरालाई शरीरबाट सजिलै फाल्नसक्ने हो भने सङ्क्रमण नहुने पनि हेम पुनले जानकारी दिए ।पेडेरिन एसिड छालामा लागेपछि २४ घण्टाभित्रमा छाला रातो हुने, बिबिरा आउने, जनैखटिरा आउने, चिलाउने जस्ता लक्षण देखिने बडिगाडका स्वास्थ्य शाखा सहायक पुन बताए । लक्ष्यण देखिएकामध्ये पनि धेरैलाई आफैँ सञ्चो हुने पनि उनले सुनाए ।कसरी जोगिने ?उक्त किराहरु प्रकाशमा आकर्षित हुन्छन् । तिनीहरू आवासीय क्षेत्र वरिपरि ठूलो संख्यामा जम्मा हुन्छन्, जहाँ रातभर घरको बत्ती र सडक बत्तीहरू किरणमा बस्न रुचाउने हुन्छन् ।उक्त किरासँग सम्पर्कमा नआउनका लागि झ्यालमा जाली लगाउने, ओछ्यानमा झुलको प्रयोग गर्ने, लामो बाहुला भएका लुगाको प्रयोग र राती वरपर भएका बत्ती बन्द गर्ने गर्नुपर्छ । बत्तीमा यस्ता किरा आउन बढी रुचाउने गर्छन् । बत्ती निभाएर सुत्ने गर्नुपर्छ । यदि शरीरमा किरा देखियो भने थिच्ने, मार्ने गर्नुहुँदैन । किरा बसेको ठाउँलाई साबुन र पानीले धुनुपर्छ । नधोइएका हातहरूले शरीरको कुनै पनि भाग, विशेष गरी आँखालाई नछोस् भनेर ध्यान दिनु पर्छ ।’ यसको लागि खास उपचार छैन । किराले टोकेपछि एलर्जीको औषधि प्रयोग गर्नुपर्छ । घाउ धेरै भएको खण्डमा एन्टिबायोटिक पनि चलाउनु

रिप्लाई गर्नुहोस

You cannot copy content of this page