फागुन १० गते २०८०
05:57: AM
फागुन १० गते २०८०
05:57: AM

 अवैध लागुऔषध (ब्राउनसुगर)सहित दुई जना पक्राउ

जेठ १७ गते २०७९
2:25 PM
Author Avatar
स्वर्गद्वारी अपडेट
स्वर्गद्धारी अपडेट,प्यूठान । दाङमा अवैध लागुऔषध (ब्राउन सुगर)सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । सोमबार बेलुका पौने १० बजेको समयमा घोराही उपमहानगरपालिका–१७ चौघेरास्थित सुवास जिसीको घरबाट ६ ग्राम अवैध लागुऔषध (ब्राउनसुगर)सहित दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक मुकुन्दप्रसाद रिजालले जानकारी दिए । जिसीको घरबाट अवैध रुपमा ब्राउन सुगरको ओसारप्रसार तथा विक्री वितरण गरी रहेका छन् भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिगएको टोलीले घोराही–१४ निवासी २४ वर्षिय पुजन राज कँवर र घोराही–१५ निवासी २२ वर्षिय विष्णु बुढा मगरलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरु दुवै जनालाई पक्राउ गरी थप अनुसन्धान कार्य जारी रहेको प्रहरीको भनाइ छ । यसैबिच, लागुऔषध नियन्त्रण ऐन २०३३ को परिच्छेद–३ को दफा १४ को खण्ड (छ) को २ मा भएको व्यवस्था बमोजिम २५ ग्रामदेखि १०० ग्रामसम्मको परिमाण भए १० वर्षदेखि १५ वर्षसम्म कैद र ७५ हजारदेखि दुई लाख सम्म जरिवाना हुने कानूनी व्यवस्था छ ।

रिप्लाई गर्नुहोस

You cannot copy content of this page