असाेज ९ गते २०८०
08:20: AM
असाेज ९ गते २०८०
08:20: AM

कैलालीको मुक्तकमैया शिविरमा भीषण आगलागी, दर्जन बढी घर जलेर नष्ट

वैशाख ११ गते २०७९
4:55 PM
Author Avatar
स्वर्गद्वारी अपडेट

, धनगढी । कैलालीको मुक्त  कमैया शिविरमा भीषण आगलागी भएको छ । जिल्लाको कैलारी गाउँपालिका–७ को रामपुरमा रहेको विपतपुर शिविरमा आइतबार दिउँसो आगलागी भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले खेतमा गहुँको नल बाल्न लगाइएको आगो हावाको माध्यमबाट शिविरमा लागेको बताए ।
उनका अनुसार दमकल, प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणको प्रयास भइरहे पनि हावाहुरी चलेका कारण समस्या भएको छ ।
करिब ८० वटा घर रहेको उक्त शिविरका दर्जन बढी घर जलेर नष्ट भएको सीमा प्रहरी चौकी रामपुरका असई जनक धानुकले अनलाइनखबरलाई बताए ।‘शिविरमा जम्मा ८० घर हुन आगो नियन्त्रणमा आइनसकेका कारण के–कति घर जले भन्ने यकिन हुन सकेको छैन,’ धानुकले अनलाइनखबरसँग भने, ‘अहिले आगो निभाउने प्रयास भइरहेको छ तर हावाहुरी चलेकाले समस्या छ ।’ उनले आगलागीबाट भएको क्षतिबारे यकिन विवरण आउन समय लाग्ने बताउँदै शिविरका मान्छेहरु तितरवितर भएकाले मानवीय क्षतिबारे समेत यकिन जानकारी हुन नसकेको बताए ।

रिप्लाई गर्नुहोस