मंसिर १३ गते २०८०
01:55: PM
मंसिर १३ गते २०८०
01:55: PM

फेरि चुनाव लड्न कलैयाका मेयरसहित १३६ जनाको राजीनामा

वैशाख ९ गते २०७९
3:09 PM
Author Avatar
स्वर्गद्वारी अपडेट

ल्लाको सदरमुकामसमेत रहेको कलैया उपमहानगरपालिकाका मेयरसहित १३६ जना जनप्रतिनिधिले राजीनामा दिएका छन् ।

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा फेरि उठ्न उनीहरुले राजीनामा दिएका हुन् ।
कलैयाका मेयर राजेश राय यादवले १३५ जना जनप्रतिनिधिको राजीनामा बुझेपछि अन्तिममा आफूले पनि राजीनामा दिएका हुन् ।
कलैयाको कार्यपालिका १३९ सदस्यीय रहेकोमा कार्यपालिकाका ३ जना सदस्यले मात्र राजीनामा दिएका छैनन् ।
कलैयाका मेयर रायले सत्ता गठवन्धनकातर्फबाट फेरि उम्मेदवार बन्न राजीनामा दिएको उनका राजनीतिक सल्लाहकार डा. रामप्रवेश यादवले बताए । निर्वाचन आयोगले पुनः उम्मेदवार बन्न राजीनामा दिनुपर्ने प्रावधान राखेको छ । सत्तारुढ गठबन्धनकातर्फबाट कलैयाको मेयर कांग्रेसले र उपमेयर जसपाले पाउने सहमति भएको छ ।

रिप्लाई गर्नुहोस

You cannot copy content of this page