सल्यान, १ बैशाख । सल्यानको कपुरकोट गाउँपालिकामा चट्याङ लागेर एकै घरका ३ जना घाइते भएका छन ।कपुरकोट गाउँपालिका ४ धनवाङ स्थित थापा टोलमा चट्याङ लागेर ६६ वर्षीय आशाराम थापा, उननी श्रीमती ६५ वर्षीय गंगी थापा र १२ वर्षीय नाति दिनेश थापा घाइते भएका हुन । घरमै सुतिरहेको बेला बिहीबार बिहान करिव ३ बजेतिर उनिहरुलाइ चट्याङले लागेको थियो । विहानै घाइतेहरुको उद्दार गरि उपचारको लागि दाङ पठाइएको प्रहरी चौकी कपुरकोटले जनाएको छ ।
चट्याङ लागेर एउटा गोरु र १४ वटा कुखुरा पनि मरेको प्रहरीले जनाएको छ ।