असाेज ९ गते २०८०
09:05: AM
असाेज ९ गते २०८०
09:05: AM

नगर क्षेत्रका व्यवस्थापकहरुलाई पर्ल्स तालिम

जेठ १५ गते २०८०
12:13 PM
Author Avatar
राधिका भुषाल

प्यूठान ,जेठ १५

प्यूठान नगरपालिका भित्रका बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापहरुलाई पर्ल्स तालिम सञ्चालन भएको छ ।

सहकारी संस्थाहरुको विकासका लागि व्यवस्थापकको क्षमता विकास गर्ने उदेश्यले तालिम सञ्चालन भएको हो । तालिमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्यूठान नगरपालिका प्यूठानका उप प्रमुख देवेन्द्र वर्माले सहकारीहरुलाई व्यवसायीक रुपमा जोड्न अत्यावश्यक रहेको बताए । ‘सहकारीहरुले बचत र ऋणको कारोवार मात्रै नगरी व्यवसायीक तर्फ जोडिनु जरुरी छ ।’ उप प्रमुख वर्माले भने–‘अगर वत्ति उत्पादन, आवशीय तालिम केन्द्र, तारकारी संकलन केन्द्र जस्ता थुप्रै व्यवसायहरु सञ्चालन गर्न सकिन्छ ।’ कोरोना पछि आर्थिक तरलता व्यवस्थापन गर्न गाह्रो भएको उनले बताए ।

नगरपालिकाले उत्पादनमा आधारित अनुदानलाई प्राथमिकतामा राखेको भन्दै उनी भन्छन् ‘१० रुपैया प्रतिलिटर अनुदान दिदाँ पनि दुध उत्पादनमा किसानले ध्यान दिएका छैनन् थप्दै उनले भने–‘गाउँ छन् तर गाउँमा भैसी छैनन् दुध उत्पादन हुंदैन ।’ हामीले धेरै ठाउँमा हात हालेको तर मुख्य ठाउँ अझै नभेटेको उनको भनाई छ ।

जेठ १६ गते सम्म चल्ने तालिमको प्रशिक्षण विजयफुलवारी बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक प्रकाश वैद्यले गरेको छन् । प्यूठान नगरपालिकाको आर्थिक सहयोग र जिल्ला सहकारी संघको आयोजनामा भएको तालिमको सञ्चालन भएको हो । संघका कोषाध्यक्ष पवित्रा जि.सीको स्वागत मन्तव्यसंगै सूरु भएको तालिमको सञ्चालन सचिव वेगम घर्तीमगरले गरेका थिए भने संघका अध्यक्ष सुशील पोखरेलको अध्यक्षतामा सम्पन्न भएको थियो।

रिप्लाई गर्नुहोस