सङ्घीय संसद्को दुवै सदनको वर्षे अधिवेशन आज सुरु हुँदै
स्वर्गद्वारी अपडेट
वैशाख २४ गते २०८०
7:24 AM
स्वर्गद्वारी अपडेट
स्वर्गद्वारी अपडेट समचार डेक्स । सङ्घीय संसद्को दुवै सदनको वर्षे अधिवेशन आज सुरु हुँदैसङ्घीय संसद्को दुवै सदनको वर्षे अधिवेशन आज सुरु हुँदैछ । संसद्का दुवै सदनको बैठक दिउँसो ४ बजेका लागि बोलाइएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम संसद्को अधिवेशन आह्वान गरेअनुसार बजेट अधिवेशन प्रारम्भ हुन लागेको हो ।अधिवेशनमा उपस्थितिका लागि सबै सांसद सदस्यलाई सङ्घीय संसद् सचिवालयले यसअघि नै सूचनामार्फत अनुरोध गरिसकेको छ ।संसद्को यो अधिवेशनबाट सरकारका नीति तथा कार्यक्रम र नयाँ बजेट पारितलगायत कार्य गरिने छ ।प्रतिनिधिसभा बैठकको सुरुमा सभामुख देवराज घिमिरेले राष्ट्रपति रामचन्द्र पौडेलबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यतालिका छ ।यस्तै, घिमिरेले नै राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्री पदमा नियुक्तिसम्बन्धी पत्रहरूको व्यहोरा पढेर सुनाउनु हुनेछ ।त्यसपछि सभामुखको अनुपस्थितमा बैठकको अध्यक्षता गर्न सदस्यहरूको मनोनयन गर्ने सम्भावित कार्यसूची छ ।त्यस्तै, कानुन, न्याय संसदीय मामिलामन्त्री धनराज गुरुङले ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८०’ पेस गर्ने कार्य तालिका छ ।यस्तै, अर्थमन्त्री डा. प्रकाशशरण महतले ‘आर्थिक वर्ष २०८०\०८१ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथि छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।