प्यूठान।प्युठानको नौबहिनी गाउँपालिका - ६ अँधेरी स्थित माक्रे मन्दिरमा पहिलोपटक साँस्कृतिक मेला लाग्ने भएको छ।नदीको बिचमा बनेको माक्रे महाराजको मन्दिर धार्मिक तथा स्थानिय पर्यटकको राम्रो गन्तब्यको रुपमा विकास भईरहेको छ।
कार्तिक १ गते कोजाग्रत पुर्णिमाको दिन मेला लाग्ने भएको हो।लुङ नदीको बिचमा रहेको ढुङ्गा माथि निर्माण गरिएको ऐतिहासिक माक्रे मन्दिरमा विभिन्न साँस्कृतिक मेला हुने आयोजकले बताएको छ।
मेलामा स्थानीय कला सस्कृति, देउँसी भैलो, सराँए नाच पन्चेबाजा प्रदर्शन गरिने माक्रे दर्शन युवा क्लबका अध्यक्ष बलबहादुर केसिले जानकारी दिए।