सन्तोष सुनार प्युठान । प्युठान नगरपालिका वडा नम्बर ३ विजयनगरमा कोसेली घर थालनी हुदै छ।आर्थिक बर्ष २०७९र०८० को हिउदे अधिवेशनमार्फत बजेटको सुनिश्चिततासँगै ९ लाख विनियोजन गरि कोसेली घर निर्माण गर्नथालिएको वडा अध्यक्ष तथा नगर प्रवक्ता सुमन राज श्रेष्ठले जानकारी दिनुभयो ।वडाबासीले उत्पादन गरेका बस्तुहरुको मध्ययनजर गर्दै र प्युठान नगरपालिकाको पुरातात्त्विक झल्कने गरेर सामाग्रीहरु प्रदशन गर्ने वडा अध्यक्ष श्रेष्ठले स्वागद्वारी अपडेटलाईलाई बताउनुभयो । वडामा कोसेली घर निर्माण भएपछि नगरपालिकाकै पहिलो हुनेछ । वडाअध्यक्ष श्रेष्ठले प्युठान नगरपालिका ३मा नयाँनयाँ विकासका निर्माणका कार्यहरुको सिर्जना गर्नुभएको छ । यस भन्दा केही समय अगाडि फोहोर व्यवस्थापनको लागि कन्टेनरको निर्माण गर्नुभएको थियो ।