समय : ०५:१३ am | आइतबार , भाद्र २२ गते २०८१

साउदी प्रो लिगमा रोनाल्डोको सर्वाधिक गोलको कीर्तिमान

स्वर्गद्वारी अपडेट | जेठ १५ गते २०८१

 स्वर्गद्वारी अपडेट समाचार डेक्स ।अल नासरका फरवार्ड क्रिस्टियानो रोनाल्डोले साउदी प्रो लिगको एकै सिजनमा ३५ गोल गरेर सर्वाधिक गोल गर्ने कीर्तिमान बनाएका छन् । गएराति भएको खेलमा अल नासरले अल इत्तिहादलाई ४–२ ले पराजित गरेको खेलमा रोनाल्डोले दुई गोल गरे ।

योसँगै उनी साउदी प्रो लिगमा यो सिजनको सर्वाधिक गोलकर्ता बनेका छन् । रोनाल्डोले यो सिजन साउदी प्रो लिगमा ३१ खेलमा ३५ गोल गरे । यसअघि अल नासरका अब्देरराजक हमदल्लाहले सन् २०१८/१९ को सिजनमा ३४ गोल गरी कीर्तिमान बनाएका थिए ।

यो सिजन रोनाल्डोको व्यक्तिगत प्रदर्शन उच्च रहे पनि टोलीलाई उपाधि दिलाउन भने सकेनन् । साउदी प्रो लिगको उपाधि यसअघि नै अल हिलालले जितेको थियो । अल नासरले दोस्रोमा रहेर लिग टुङग्याएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्