समय : ०६:४९ am | शनिबार , श्रावण १२ गते २०८१

विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई १ सय ३४ रनले हरायो

स्वर्गद्वारी अपडेट | असाेज २६ गते २०८०

  असोज २६, शुक्रबार

काठमाण्डाै - आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई १ सय ३४ रनको फराकिलो अन्तरले हराएको छ ।

लगातार दोस्रो जितसँगै दक्षिण अफ्रिका अङ्कतालिकाको शीर्षस्थानमा उक्लिएको छ । लखनउमा हिजो भएको खेलमा जितका लागि ३ सय १२ रनको लक्ष्य पछ्याएको अस्ट्रेलिया ४० ओभर ५ बलमा १ सय ७७ रनमा अलआउट भयो । उसका मार्नस लाबुसेनले सर्वाधिक ४६ रन बनाए ।

मिचेल स्टार्क २७ रनमा र प्याट कमिन्स २२ रनमा आउट भए । दक्षिण अफ्रिकाका कागिसो रबाडाले ३ विकेट लिए । मार्को यानसन, केशव महाराज र तबरेज शाम्सीले समान दुई/दुई विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै ३ सय ११ रन बनाएको थियो ।

दक्षिण अफ्रिकाका क्विन्टन डी ककले १ सय ९ रनको शतकीय पारी खेले । उनको यो विश्वकपमा लगातार दोस्रो शतक हो । डी ककले श्रीलङ्कासँगको पहिलो खेलमा पनि १ सय रनको शतकीय पारी खेलेका थिए ।

यस्तै, एडन मारक्रमले ५६ र तेम्बा बभुमाले ३५ रन बनाए । बलिङतर्फ अस्ट्रेलियाका मिचेल स्टार्क र ग्लेन म्याक्सवेलले समान दुई/दुई विकेट लिए । दक्षिण अफ्रिकाले पहिलो खेलमा श्रीलङ्कालाई १ सय २ रनले हराएको थियो । विश्वकप क्रिकेटमा आज बङ्लादेश र न्युजिल्यान्डबीच खेल हुनेछ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page