लुम्बिनी प्रदेशकी राज्यमन्त्री विमलाले दिइन् राजीनामा


स्वर्गद्धारी अपडेट,प्यूठान ।विवादमा तानिएकी लुम्बिनी प्रदेश सरकारकी स्वास्थ्य, जनसङ्ख्या तथा परिवार कल्याण राज्यमन्त्री विमला वलीले राजीनामा दिनुभएको छ ।
राज्यमन्त्री वलीले बुधबार मुख्यमन्त्री कुल प्रसाद के.सी.लाई राजीनामा बुझाउनु भएको हो ।
जेठ अन्तिममा दाङका वाईसीएल नेता एकराज बस्नेतको घरमा गएर उहाँकी श्रीमती र छोरीलाई अभद्र व्यवहार गरेको आरोपपछि त्यसबारे छानबिन गर्न सरकारले समिति समेत गठन गरेको थियो । छानबिन समितिलाई सघाउन भनेर उहाँले राजीनामा दिनुभएको हो ।