समय : ०३:०५ pm | सोमबार , माघ २८ गते २०८१

माटोको ढिस्कोमा पुरिएर एक जनाको मृत्यु

स्वर्गद्वारी अपडेट | असार १० गते २०७९
स्वर्गद्धारी अपडेट,प्यूठान । आठबिसकोट नगरपालिका–३ खदी ढाड भन्ने स्थानमा माटोको ढिस्कोमा पुरिएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने २४ वर्षीय बिष्णु कामी रहेका छन् । उनको बिहीबार मृत्यु भएको हो । ढुङ्गा खानीमा गिट्टीको लागि ढुङ्गा निकाल्ने क्रममा माथिबाट ढुङ्गा र माटोको ढिस्को भत्किन गई उनी पुरिएका थिए । उक्त खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट स्यालाखतिबाट खटिएको प्रहरीले उनको शव फेला पारेको हो । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्