समय : १२:२५ pm | आइतबार , चैत्र ३ गते २०८१

नातिनीलाई बलात्कार गर्न वाध्य पार्ने हजुरआमा पक्राउ

स्वर्गद्वारी अपडेट | असार ७ गते २०७९
स्वर्गद्धारी अपडेट,प्यूठान । अर्घाखाँचीमा बालिकालाई फकाएर यौन क्रियाकलापमा संलग्न गराउने व्यक्तिहरु पक्राउ परेका छन् । जवरजस्ती करणी गर्न लगाउने नाताले अजुरआमा पर्ने ४० वर्षिय महिल र जवरजस्ती करणी गर्ने शितगंगा नगरपालिका वडा नम्बर १४ का २२ वर्षिय ओम प्रकाश न्यौपानेलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरिक्षक अम्मरबहादुर थापाले जानकारी दिए । सन्धिखर्क नगरपालिकामा बस्ने १४ वर्षिय बालिकालाई घर परिवारलाई कुनै जानकारी नगराई चाउचाउ,बिष्कुट खुवाउने आश्वासनमा गत जेठ १ मा रातको समयमा नाताले हजुरआमा पर्ने महिलाको घर र जंगल क्षेत्रमा जवरजस्ती करणी गर्ने लगाएका थिए । पिडितहरुको तर्फबाट उजुरी परेपछि पक्राउ गरिएको प्रहरी नायव उपरिक्षक थापाले जानकारी दिए । पक्राउ परेका दुबै जनालाई मानव बेचबिखन तथा ओसार पसार र जवरजस्ती करणी कसुरको मुद्वा दर्ता गरि उदालतमा पेस गरिएकोमा ६ दिन म्याद थप भई अनुसन्धान भईरहेको प्रहरीको भनाइ छ । हजुर आमासँग वस्दै आएकी बालिका स्थानीय विद्यालमा कक्षा ६ मा पढ्दै थिइन् तर, पछिल्लो समय विद्यालय समेत जान छाडेको र घरबाट बेला बेलामा बेपत्ता हुने गरेको बताइएको छ । पिडित बालिकाले मुद्वा दर्ता गराएपछि विभिन्न माध्यमबाट कुटपिट गर्ने तथा ज्यान मार्ने धम्की आएको पिडित परिवारले जनाएका छन् ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्