समय : ०२:१० pm | शुक्रबार , वैशाख २६ गते २०८२

गाउपालिका उपाध्यक्षका देवरको मृत्युमा सार्वजनिक विदा

स्वर्गद्वारी अपडेट | असार ५ गते २०७९
स्वर्गद्धारी अपडेट,प्यूठान । रुपन्देहीको मर्चवारी गाउँपालिकाको उपाध्यक्षको देवर नाता पर्ने व्यक्तिको मृत्युमा गाउँपालिकाभरी सार्वजनिक विदा दिइएको छ । गाउँपालिकाले आइतबार एक विज्ञप्ति जारी गर्दै गाउँपालिकाको उपाध्यक्ष आशा सिंहको देवर नाता पर्ने व्यक्तिको आइतबारै सवारी दुर्घटनामा मृत्यु भएपछि सार्वजनिक विदाको दिइएको जनाएको छ । गाउँपालिकाका अध्यक्ष गया प्रसाद बरईद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘‘मिति २०७९÷३÷०५ गतेका दिन यस का कार्यालय लगायत सम्पूर्ण वडा कार्यालयहरु, सामुदायिक तथा निजी विद्यालयहरु तथा अन्य संघ संस्थाहरु समेत बन्द रहने व्यहोरा यसै सूचनाद्वारा जानकारी गराइन्छ ।’

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्