समय : १२:५६ pm | आइतबार , चैत्र ३ गते २०८१

अवैध लागूऔषध सहित पक्राउ

स्वर्गद्वारी अपडेट | असार ३ गते २०७९
स्वर्गद्धारी अपडेट ,प्यूठान । नेपालगन्ज उपमहानगरपालिका–१५ जमुनाहबाट अवैध लागूऔषध २ ग्राम खैरो हेरोईन जस्तो देखिने पदार्थ सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा डुडुवा गाउँपालिका–५ बस्ने २५ वर्षीय उत्तम सार्की रहेका छन् । उनलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्यूरो नेपालगन्जबाट खटिएको संयुक्त टोलीले जाँच गर्ने क्रममा उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्