देउखुरीमा करेन्ट लागेर एक जनाको मृत्यु


स्वर्गद्धारी अपडेट,प्यूठान । दाङको देउखुरीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । राप्ती गाउँपालिका वडा नं–५ पहरुवा निवासी करिब ४५ बर्षिय मोहन चौधरीको आज विहान मोटरबाट पानी तानेर खेतमा चार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय भालुवाङका अनुसार घरबाट तानिएको तारमा करेन्ट प्रसारण हुँदा चौधरीलाई करेन्ट लागेको थियो । करेन्ट लागेर पानीमा डुबेको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
शवलाई लमही अस्पतालमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।