प्यूठान।जिल्लाको मल्लरानी गाउँपालिका वडा नं.५ को सेवा हरेक सोमबार जोरपोखरीबाट दिने भएको छ । मल्लरानी गाउँपालिकाका साविकका २ र ५का गाविसहरुका गाउँहरु रिठ्ठी खर्क , पलासे , रामपानी दर्भान , लगायतका बस्तीका बासीन्दाहरु दुरीका हिसाबले कुमीकोट आउन निकै टाढा र असहज भएकाले गाउँपालिकाको निर्णय र वडाको निर्णय गरि हरेक सोमबार (एक दिन मात्र ) सेवा जोरपोखरीबाट दिइने गरि आजबाट सुरु गरिएको वडाअध्यक्ष गोपाल बहादुर थापाले जानकारी दिए ।
कुमीकोटमा रहेको वडा कार्यालय सडक नजिक भएपनि सवारीसाधनहरु समयमा उपलब्ध नहुने हुँदा जोरपोखरीमा रहेको भूमी विकास माध्यमिक बिद्यालयको एक कोठाबाट सेवा दिएको वडाध्यक्ष थापाले बताए । वडाध्यक्ष थापाले भने,- ‘वडावासीले जोरपोखरीबाट तिन दिन सम्म सेवा दिन आग्रह गरेका थिए। ' जोरपोखरीबाट वडाको सेवा पाउदा वडाबासीहरु खुसी भई वडाध्यक्ष धन्यावाद दिएका छन ।