देउखुरी।लुम्बिनी प्रदेशका शहरी विकास तथा खानेपानी मन्त्री सरोज थापा(रोज)ले आइतबार पदभार ग्रहण गरेका छन्।पदभार ग्रहण गर्दै गर्दा उनले यस प्रदेश मन्त्रालय मातहतमा बन्दै गरेका र अधुरा योजनाहरु फास्टट्राक बाट संम्पन्न गर्न बताएका छन्।
‘बाकि रहेका योजनाहरुलाई समयमै पुरा गर्नेछौ।’ उनले भने-‘ मलाई जानकारीमा आए अनुसार १६५ आयोजना यो वर्ष पूरा हुँदै छन्।’ बाँकी रहेका आयोजनालाई सहज र सरल तरिकाले फास्ट ट्रायकमा लागेर सम्पन्न गरिनेछ।
साथै मन्त्री थापालाई नेपाली कांग्रेसका नेता कार्यकर्ता र शुभेच्छुकहरूले मन्त्रालयमा बधाइ तथा शुभकामना समेत दिएका छन्।
मन्त्री थापा दोस्रो पटक मन्त्री बनेका हुन्।यसअघि थापा छोटो समयका लागि उद्योग, वाणिज्य तथा यातायात मन्त्री बनेका थिए ।