समय : ०५:२७ am | आइतबार , भाद्र २२ गते २०८१

‘आफ्नो गाउँ आफै बनाऔं’अभियानमा अध्यक्ष मल्ल

राधिका भुषाल | चैत्र २१ गते २०८०

प्यूठान । जनताको सेवा गर्दै गाउँको हरेक क्षेत्रको विकासलाई उचाइमा लैजाने दृढताका साथ जनप्रतिनिधिहरु निर्वाचित भएको छन् । कतिपय जनप्रतिनिधिको कार्यशैली अलि फरक बन्न थालेपछि धेरैको ध्यान केन्द्रित हुने गर्दछ । प्यूठानमा रहेका नौ स्थानिय तहका ६४ वडा अध्यक्ष मध्येका एक हुन बरुण ध्वज मल्ल । उनी गौमुखी गाउँपालिका वडा नं. ५, खुङको वडा अध्यक्ष भएसंगै जनताको हरेका काममा संगै देखिन्छन् ।

‘आफ्नो गाउँ आफै बनाऔं’ भन्ने अभियानमा लागेको बताउदैं ‘हरेक शनिवार स्वऐच्छिक जनश्रमदानको बार’ भन्ने अर्को नारा लिएर आफ्नो गाउँको विकास निर्माणको काममा लागेको बताए । ‘हामी जनताको हरेक अफ्ठ्याराहरुमा सगैं हुनु पर्छ ।’ वडा अध्यक्ष मल्लले भने–‘जनताले हामीबाट धेरै आशा गरेर निर्वाचित बनाएका हुन तर, तिनीहरुको अपेक्षालाई निरासा पार्नु हुंदैन ।’ निस्वार्थ भावनाले गरिने सामान्य क्रियाकलापले पनि जनताको मन छुने उनी बताउछन् । प्रत्येक शनिवार बिहान स्वऐच्छिक रुपमा जनश्रमदान गर्न औजार लिएर गाउँको बाटाघाटो तथा नालाहरु बनाउने,  पानीका मुहान सरसफाई गर्ने, चौपारी बनाउने, सार्वजनिक ठाउँमा सरसफाइ गर्ने लगायतका काममा निस्किने उनले बताए । स्वऐच्छिक रुपमा जनताहरु पनि आफुसंगै श्रमदानमा जुट्ने गरेको अध्यक्ष मल्लको भनाइ छ ।

गाउँमै हाट बजार

गाउँको हरेक चिजको मुल्य हुन्छ र गाउँमै बसेर २–४ रुपैया आम्दानी गर्नुपर्छ भन्ने उदेश्यले गाउँमै हाट बजार सञ्चालन गरेको उनले बताए । प्रत्येक हप्ताको सोमबार वडा कार्यालय नजिकै हाट बजार लाग्ने हुंदा गाउँको उत्पादित बस्तुले बजार पाउनुका साथै आम्दानी पनि हुने गरेको मल्ल बताउछन् । अध्यक्ष मल्लले सरकारी सवारीको प्रयोग समेत गर्ने गरेका छैनन्। उनले वडा स्तरमा दलित, महिला, कृषक, युवा र जनजातिको समिती गठन गरि उनीहरुको राय सुझाव अनुसार कार्यक्रम संचालन गर्ने गरेको उनले बताए। हालसम्म वडा कार्यालयको कामकाजमा कुनै ठुलो समस्या नआएको उनको भनाइ छ । 

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्