समय : ०९:३० am | शनिबार , श्रावण १२ गते २०८१

रोल्पामा बस दुर्घटना, ६ जना घाइते

स्वर्गद्वारी अपडेट | असाेज ८ गते २०८०

रोल्पा । रोल्पाको गंगादेव गाउँपालिकाको ओइलाम भिरघारेमा बस दुर्घटना भएको छ । दाङ तुलसिपुर देखि गंगादेब गाँउपालिका वडा न. ६ राँक ताप्लाको लागी छुटेको रा १ ख ३००६ नम्बरको बस गंगादेव गाँउपालिका वडा न. २ ओइलामको भिरघारे भन्ने स्थानमा साढे ३ बजे दुर्घटना भएको हो ।

दुर्घटनामा परी ६ जना घाइते भएका छन् । घाइते मध्य ३ जनाको अवस्था गम्भिर रहेको र ३ जानको अवस्था सामान्य रहेको रोल्पा प्रहरी प्रमुख डिएसपी श्यमकुमार सारुमगरले बताउनु भएको छ ।गम्भिर घाईते गंगादेब गाउँपालिका २ ओइलमाकी वर्ष २५ की जेनिसा डाँगी, वडा नम्बर २ हेलमखोलाकी वर्ष ४० की सिता वि.क र गाडी धनी तथा चालक सोही गाउँपालिका वडा नम्बर ३ बडाढुंगाका वर्ष ४४ का मोहोन वलीलाई थप उपचारकोे लागि प्रादेशिक अस्पताल तुलसीपुर लगिएको डिएसपी सारुमगरले बताउनु भएको छ ।

सडक छेउमा लगाएको पर्खाल भासिदा बस दुर्घटना भएको त्यहाका स्थानिय दिलिप वलीले जानकारी दिनु भएको छ । गाडीमा चालक सहित २० जना यात्रु सवार रहेका थिए । अन्य यात्रु भने सामान्य रहेका छन ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page