समय : ०९:४९ am | शनिबार , श्रावण १२ गते २०८१

सल्यानमा भएको जीप दुर्घटनामा ज्यान गुमाएका दुई जनाकाे परिचय खुल्याे

स्वर्गद्वारी अपडेट | असाेज ८ गते २०८०

  असोज ८, सोमबार

स्वर्गद्वारी अपडेट समाचार डेक्स ।सल्यानमा भएको जीप दुर्घटनामा परि ज्यान गुमाएका दुई जनाको परिचय खुलेको छ ।दाङको तुलसीपुर-१८ का अन्दाजी २५ वर्षीय भक्तबहादुर घर्ती र त्यहीँ ठाउँका अन्दाजी ५० वर्षीय गणेश बुढाको ज्यान गएको प्रहरीले जनाएको छ।बिहान सवा बजेतिर रा १ च १०२५ नम्बरको जीप सल्यानको कपुरकोट गाउँपालिका-३ चोरखोला नजिकै अनियन्त्रित भएर पल्टिएको थियो ।

दुर्घटनामा परि दाङको तुलसीपुर-२ का ३५ वर्षीय नारायण योगी घाइते भएका र उहाँकाे राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page