२ असोज, प्युठान । राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टीको दस्तावेज निर्माणको लागि जनताको आवाज सुन्ने भएको छ । सो क्रममा समापति रवि लामिछाने आज रोल्पा पुगेका छन् । जनआवाज सुन्न पार्टीले सभापतिसँगै १९ जना नेताहरुलाई १९ जिल्लामा खटाएको छ । पार्टीका अनुसार नेताहरुले आफ्नो जिम्मेवारीमा परेको जिल्ला पुगेर जनताको आवाज सुन्नेछन् र सुझाव दिनेछन्।
पार्टीले यसलाई जनआवाज सुन्ने कार्यक्रम भनेको छ । पहिलो चरणमा उक्त कार्यक्रम असोज ३ गतेदेखि ७ गतेसम्म चल्ने छ । पहिलो चरणमा जनआवाज सुन्न पहिलो पटक सभापति रवि लामिछाने रोल्पा पुगिसकेका छन् ।